Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । संघले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राष्ट्रघाती सम्झौता गरेको भन्दै राजीनामा माग गरेको हो ।

yuwa-sang-kko-news-555x335

संघका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच भएको २५ बुँदे सम्झौताको १० नम्बर बुँदामा नेपालको संविधानको बारेमा भारतको चासो उल्लेख भएकोे बताउँदै नेपालको आन्तरिक मामलामा कसैले हस्तक्षेप गर्न नमिल्ने बताउँदै भारत भ्रमण पूर्ण असफल, दलाली र आत्मसमर्पणको पराकाष्ठ भएको आरोप लगाउनुभयो । ‘नेपालको राजनीतिको विषय नेपालमै समाधान गर्नुपर्छ, विदेशमा लगेर रमिता देखाउने काम गरेको राम्रो होइन ।’

उनीहरुले प्रधानमन्त्रीले भारत भ्रमणमा देश र जनताको हित विपरीत सम्झौता गरेको भन्दै नेपालको आन्तरिक मामिलाका विषय अर्को देशसँगको सम्झौतामा उल्लेख गरेको, नेपालको विदेश मामला सम्बन्धी दृष्टिकोणमा जबर्जस्ती भारतलाई हावी गराएको, सुगौली सन्धीलगायतको विषयमा कुनै शब्द उच्चारण नगरेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा मागेका हुन् । चीनसँग भएको ऐतिहासिक सम्झौताहरुलाई वेवास्ता गर्दे सिंगो देश र जनताप्रति गद्धारी गरेको आरोपसमेत लगाएका छन् । पहारीले हुलाकी मार्ग निर्माणको काम भारतलाई दिने सम्झौता भएको भन्दै यो राष्ट्रघाती कदम भएको बताउनुभयो ।

सम्मेलनमा पहारीले माओवादी लडाकुको नाममा भएको आर्थिक अनियमितताको बारेमा युवा सङ्घले २०६९ सालमा पुष्पकमल दाहाल प्रचण्ड, डा बाबुराम भट्टराई र कृष्णबहादुर महराको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीको फाइल ढिलै भएपनि अगाडि बढेको भन्दै दोषीलाई कानुनको दायरामा ल्याउन माग गर्नुभयो।

उहाँले राज्यसत्ताको दुरुपयोग गर्दे यस विषयमा गलत ढङ्गले अगाडि बढ्न खोजे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । सर्वोच्च अदालतले लोकमान सिंह कार्की नियुक्तिको फाइल पेश गर्न सरकारलाई आदेश दिँदा कहिले हराएको र कहिले भेटिएको भन्नै लज्जास्पद र गैरजिम्मेवारीपूर्ण जवाफप्रति खेद प्रकट गर्दे न्यायिक र संवैधानिक मूल्य र मान्यताका आधारमा कारबाही अगाडि बढाउन माग गरेका छन् ।

उनीहरुले टिकापुर घटनाका दोषीलाई आम माफि दिने गृहमन्त्रीको अभिव्यक्तिले मुलुकमा दण्डहिनतालाई प्रश्रय दिएको भन्दै अभिव्यक्ति फिर्ता लिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया