काठमाडौं – पहिरोले घर पुर्दा बाग्लुङ बुंगादोभान गाविसको रिङ्लाङमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । सोमबार बिहानै गएको पहिरोमा परी भीमकुमारी रोका, उहाँकी १४ वर्षकी छोरी इन्द्रकुमारी, १२ वर्षका छोरा इन्द्रजित र नौ वर्षकी छोरी मायादेवीको ज्यान गएको पहिरोले जनाएको छ ।
ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको छ । उद्धार र घटनाको अनुसन्धानका लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अनिलकुमार खड्काले जानकारी दिनुभएको छ ।