Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

Morcha-Logoटोकियो – तत्कालिन एमाओबादी, नेकपा माओबादी (बादल पक्षधर) लगायत बिभिन्न १० माओबादीको एकीकरण पछि देश विदेशमा रहेका माओबादीहरुमा थपिएको उत्साहसंगै जापानमा रहेका माओबादीहरु बीच पनि आज एकता हुँदै छ ।

जापानमा रहेको माओबादी केन्द्रको भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानको आज टोकियोमा एकता अधिबेशन हुने भएको हो । उक्त अधिबेशनलाई सम्बोधन गर्न नेकपा माओबादी केन्द्रका प्रभावशाली नेताहरु जापान आईसकेका छन् । जसअनुसार केन्द्रिय कार्यालय सदस्य देव गुरुङ, सचिवालय सदस्य लिलामणि पोखरेल र पोलिटब्यूरो सदस्य तथा बिदेश बिभाग सचिव युवराज चौलागार्इँ जापान आएका हुन् ।
morchaटोकियोको निशी ओगिकुबो स्थित किनरो फुकुसी खाइकानमा हुन गईरहेको अधिवेशनको घोषणा समारोहमा नेपालको समसामयिक राजनैतिक बिषयवस्तुमा नेताहरुसंग जापानबासी नेपालीहरुले खुल्ला अन्तर्क्रिया गर्ने भएका छन् । उक्त कार्यक्रममा उपस्थित भईदिन मोर्चाले जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा अपिल गरेको छ ।

अधिवेशनमा भाग लिनका लागि नागोया, ओसाका, सिजुओका, गुन्माकेन, चिवा, इवाराकी, साइतामा, योकोहामा, तोचीगी लगायतका टाढा टाढाका सहरबाट मोर्चामा आबद्ध कार्यकर्ता तथा शुचचिन्तकहरु बिहानै टोकियो आईसकेका छन् । निशीओगीकुबो स्टेशनबाट अधिवेशन स्थलसम्म पुग्नका लागि स्टेशनमा गाडीको ब्यवस्था गरिएको मोर्चा स्रोतले जनाएको छ । ***

तपाईको प्रतिक्रिया