Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो – नेपालका पूर्व प्रधामन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो बाँकी जिन्दगी मुलुकलाई आर्थिकरुपले समृद्ध बनाउनमा खर्चिने बताउनुभएको छ । उहाँले अबको राष्ट्रिय एजेण्डा आर्थिक बिकास हुनुपर्नेमा जोड दिदै लाभको पद प्राप्तीका लागि आफुले राजनीति नगरेको पनि खुलासा गर्नुभएको छ ।
fnj-3नेपाली जनताले आफुलाई एकचोटी मुलुकको सर्बोच्च कार्यकारी पदमा पुर्‍याईसकेको र त्यो भन्दा माथिल्लो पद पनि नरहेकोले ६० वर्ष उमेर नाघिसकेको अवस्थामा आफुले कुनै लाभको पदका लागि राजनीति नगरेको बताउँदै आफ्नै जीवन कालमा अनुभूत हुने गरी मुलुकलाई समृद्ध बनाउन चाहेको र त्यही राष्ट्रिय एजेण्डा बोकेको पार्टी नै नयाँ शक्ति नेपाल भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जापानले टोकियोमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले अगाडि भन्नुभयो – ’मैले अब कुनै पद प्राप्त गर्नुछैन, म यहाँ कसैलाई भोट माग्न पनि आएको हैन, मुलुकलाई आर्थिक समृद्धितिर कसरी लैजान सकिन्छ भन्ने बारे तपाई जापानबासी नेपालीहरुसंग छलफल गर्न, अनुभव साटासाट गर्न र तपाईहरुबाटै सिक्न जापान आएको हुँ, संगसंगै छोटो समयमै संसारलाई चकित पार्ने गरी बिकासको छलाङ मारेको देश जापानबाट बिकासको मोडल सिक्न पनि जापान आएको हुँ ।’
fnj-5महासंघका अध्यक्ष तिलक मल्लको अध्यक्षतामा भएको सो पत्रकार भेटघाट कार्यक्रममा जापानका बिभिन्न मिडियामा आबद्ध पत्रकारहरुले समसामयिक बिषयबस्तुमा राखेको जिज्ञासाको जबाफ दिदैं डा. भट्टराईले मुलुकमा गरिबी हटाउन अब कुनै बाद र ढर्राको आवश्यक नरहेको, दुई ठूला महाराष्ट्र भारत र चीनको बिचमा रहेको नेपालले आफुलाई गतिशील पुलकोरुपमा आर्थिक बिकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफु बाचुञ्जेल आर्थिक एजेण्डामा केन्द्रित रहने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । डा. भट्टराईले अर्को एक प्रसंगमा आगामी सबै निर्बाचनमा आफ्नो पार्टी नयाँ शक्ति नेपालले भाग लिने बताउँदै बिदेशमा रहेका नेपालीहरुलाई विद्युतीय मतदान मार्फत मताधिकारको सुबिधा दिलाउन आफ्नो पार्टी लागिपरेको खुलासा पनि गर्नुभयो । उहाँले भन्नुभयो – ’दूतावास च्यानल प्रयोग गरी विद्युतीय मतदान मार्फत बिदेशका नेपालीहरुलाई मतदानमा सहभागी गराउन सकिन्छ ।’

शनिवार साँझ भएको सो पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईसंगै जापान आएको भ्रमणदलका सदस्यहरु प्रादेशिक शाखा प्रदेशका संयोजक नवराज सुबेदी, नयाँ शक्ति पार्टी सचिवालय सदस्य कृष्ण शर्मा, एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पवन वर्षा शाह, नयाँ शक्ति पार्टीको जापानस्थित भ्रातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजका संयोजक पदम ठगुन्ना, अष्ट्रेलिया संयोजक बिनोद पौडेल लगायतका बिशेष अतिथिहरुको उपस्थिति रहेको थियो । प्रारम्भमा अतिथिहरुको महासंघका अध्यक्ष मल्लले खादार्पण तथा मन्तब्यद्वारा स्वागत गर्नुका साथै बिषयवस्तुमा प्रवेश गराउनुभएको थियो । कार्यक्रमको पत्रकार महासंघ जापानका सदस्य ऋतुकुमार दुराले सञ्चालन गर्नुभएको थियो । fnj-4नयाँ शक्ति पार्टी नेपालको जापानस्थित भ्रातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अधिवशेनका लागि डा. भट्टराई लगायतका केन्द्रिय तहका नेताहरु जापान आउनुभएको हो ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईसंग पत्रकार भेटघाट कार्यक्रम सकिएलगत्तै एनआरएन जापानले रात्रीभोज सहितको एक स्वागत समारोहको आयोजना गरेको थियो । एनआरएन जापानका अध्यक्ष सुदन थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथिहरुलाई एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले खादार्पण गरी स्वागत गर्नुभएको थियो । सो अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले मुलुकको आर्थिक बिकासमा गैरआवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले मुलुकको आर्थिक बिकास एनआरएनको पनि एजेण्डा भएकोले सहकार्य गर्दै अगाडि बढ्न सकिने बिचार ब्यक्त गर्नुभयो । समापन मन्तब्य राख्दै अध्यक्ष थापाले मुलुकमा राजनैतिक अस्थिरताका कारण लाखौं युवाहरु बिदेशिनु परेको देशमै आशा र भरोसायोग्य लगानीको वातावरण बन्न सके अधिकाँश युवाहरु स्वदेश फर्कने बिचार ब्यक्त गर्नुभयो । एनआरएन जापानका महासचिव अनुज थापाको सञ्चालन रहेको सो कार्यक्रममा सचिव बुद्धिराज घिमिरेको स्वागत मन्तब्य रहेको थियो ।***

तपाईको प्रतिक्रिया