Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धनगढी – नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संविधान कार्यान्वयन प्रक्रिया जटिल बनाएर संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

आज आज आयोजित पत्रकार सम्मेलनमा नेता रावलले मधेसको माग स्पष्ट नभएको जिकिर गर्दै संविधान संशोधनको अनावश्यक हल्ला चलाएर देशमा अन्योल सिर्जना गर्न खोजिएको बताउनुभयो ।

उहाँले टीकापुर घटना राजनीतिक नभई जघन्य अपराध र विभत्स हत्याकाण्ड भएको बताउँदै मधेस आन्दोलनका नाममा घटनाका मुद्दा फिर्ता लिने सरकारको पहलले दण्डहीनता र अराजकता बढाउने बताउनुभयो ।

निर्वाचन माग
एमाले ७ नं प्रदेश संयोजक रावलको अध्यक्षतामा यहाँ शनिबार बसेको प्रदेश सङ्गठन कमिटीको बैठकले सबै तहका निर्वाचनको कार्यतालिका सार्वजनिक गरी अविलम्ब निर्वाचन गर्न सरकारसँग माग गरेको छ ।

बैठकले एमाले नेतृत्वको संयुक्त सरकारको बेला व्यवस्थापिका संसद्बाट पारित भएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्नुपर्ने तथा अघिल्लो सरकारले दिएको मापदण्डको कार्यान्वयन गर्दै जनताका सेवासुविधालाई ध्यान दिएर स्थानीय निकायको पुनःसंरचना गर्नुपर्ने लगायत माग गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया