काठमाडौं – पोखरामा १५ वर्ष यताकै धेरै पानी परेको छ । गएको २४ घण्टामा पोखरामा २ सय ७४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि २०५८ साल भदौ २ गते अहिलेसम्मकै धेरै ३ सय ५७ मिलिमिटर पानी परेको थियो । त्यहाँ गएको साउन ११ गते २ सय २३ मिलिमिटर पानी परेको थियो ।
यस्तै २०४२ साल भदौ १८ गते २ सय ३५ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।