शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

अमेरिका – अमेरिकामा सुनको शौचालय बनाइएको छ । अमेरिकाकाको न्युयोर्क सिटीको एउटा संग्रहालयले सर्वसाधारणका लागि सुनको शौचालय प्रयोग गर्न अनुमति दिएको हो । १८ क्यारेट सुनबाट बनाइएको शौचालय पहिलो पटक सर्वसाधारणका लागि खुलाइएको हो ।

tomkins-gold-toilet-1200

गगेनहेम म्युजियमका इटालियन कलाकार माउरिजियो क्याटलेनले म्युजियमको चौथो तलाको शौचालयलाई १८ क्यारेटको सुनको शौचालयमा परिणत गरेका हुन् । त्यहाँ पुगेका दर्शकले अन्य सुविधा सरह त्यो शौचालय पनि प्रयोग गर्न सक्छन् ।

यो सुनको ट्वाइलेट १६ सेप्टेम्वर देखि प्रयोगमा ल्याइएको हो । संग्रहालयले आफ्नो वेवसाईटमा यो ट्वाइलेट कलाकारको कला प्रष्फुटनका साथै अमेरिकाका आम नागरिकको सपनालाई वास्तविकतामा बदल्ने प्रयास भएको दाबी गरेको अमेरिकाको अनलाइन द न्यु योर्ककरले खबर छापेको छ ।

सुनको शौचालयलाई अरु शौचालय जस्तै गरी प्रयोग गर्न सकिनेछ भने यसको सरसफाईका लागि विशेष व्यवस्था गरिएको छ । प्रयोग बढ्दै जाँदा सुनको चमक फिका नहोस् भन्नका लागि सरसफाईमा विशेष व्यवस्था गरिएको छ ।

मूर्तिकलामा निपूर्ण मानिने कलाकार माउरिजियो क्याटलेनले कला जगतबाट सन्यासको घोषणा गरेको पाँच वर्षपछि सुनको ट्वाइलेट बनाएर धेरैको ध्यान खिचेका हुन् ।

तपाईको प्रतिक्रिया