Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

इरान – ब्राजिलमा भएको रियो पाराओलम्पिकमा सहभागी इरानका पारा–साइक्लिस्टको निधन भएको छ ।

bahaman

शनिबार राति पुरुष सि ४–५ रोड रेसको क्रममा दुर्घटनामा परेका इरानका पारा–साइक्लिस्ट बहमन गोल्बानेजहदको उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटिले जनाएको छ ।

४८ वर्षका बहमन दुर्घटनामा परेपछि उनको मुटुमा गम्भीर समस्या भएको थियो । दुर्घटना लगतै उनलाई अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएको केही समयपछि नै उनको निधन भएको हो । बहमन सन् २०१२ को लण्डन पाराओलम्पिकमा पनि सहभागी भएका थिए ।

दुर्घटनाको विषयमा छानबिन सुरु भएको छ ।

तपाईको प्रतिक्रिया