Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

पोखरा – पोखरामा भइरहेको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायम मन्दिरका अर्जुन वर्णवालले जित्नु भएको छ । पचहत्तर किलो तौल समूहसहित सबैलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । उहाँले नगद रु एक लाख ५५ हजार ५५५ र ट्रफी प्राप्त गर्नु भएको छ ।

ld:6/ j'N;d]gsf] pkflw j0f{jfnnfO{ kf]v/fdf ePsf] bf];|f] ld:6/ j'N;d]g /fli6«o v'Nnf zf/Ll/s ;'u7g k|ltof]lutfsf ljhoL v]nf8Lx? . ;f] k|ltof]lutfdf g]kfn Jofod dlGb/sf ch'{g j0f{jfnn] krxQ/ lsnf] tf}n ;d"xdf ljhoL x'g'ePsf] xf] . pxfFn] gub ? Ps nfv %% xhf/ %%% / 6«kmL k|fKt ug'{ ePsf] 5 . tl:a/ M lgdbQ ;'j]bL, kf]v/f, /f;;

वुल्समेन क्लब पोखराको आयोजनामा भएको सो प्रतियोगिताको ७० किलो समूहमा रामहरि खनाल, ६० किलो समूहमा सन्जीव श्रेष्ठ र ५५ किलो तौल समूहमा कमल भण्डारीले स्वर्ण पदक जित्दै नगद रु १५ ÷१५ हजार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा विजयी खेलाडीलाई प्रहरी नायब महानिरीक्षक कमलसिंह बम, एनआरएनए युकेका सल्लाहकार मुक्षेत्र गुरुङ, क्लबका संरक्षक सुनिल गुरुङ र कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष यामबहादुर गुरुङले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा ८० खेलाडीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया