Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

tina-gurungटोकियो-केही दिन अगाडि जापानको किता क्यूसुमा अात्महत्या गरेकी टिना गुरूङको शब नेपाल पठाउनको लागि तमु धीं जापानले जापानका नेपालीहरूसमक्ष सहयाेगको लागि अनुरोध गरेको छ ।

धींका अध्यक्ष श्री गुरूङद्वारा एक विज्ञप्ति जारी गरी सहयाेग गरिदिन अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ-‘धादिङ खाल्टे -८ घर भई किता क्यूसुमा जापानी भाषा अध्ययन गर्दै गरेकी टिना गुरूङले  केही दिन अगाडि अाफै बस्ने कोठाको बरण्डामा झुण्डिएर अात्महत्या गरेको खबरले तमु धीं जापान परिवार अत्यान्तै दुखित भएको छ । साथै यस दुःखद घडीमा अात्माको चीर शान्तिको कामना गर्दछाैं । मृतकको बाबाबाट अाफ्नो छोरीको शब नेपाल पठाउन सहयोग गरिदिन तमुधीं जापानलाई अाएकाे निवेदन अनुसार हामी जापानमा रहेका नेपाली दाजुभाइ तथा दिदीवहिनीहरू अनि सम्पूर्ण जापानका संघसंस्थाहरूमा सहयाेगको लागि अपिल गर्दछाैं ।’-

सहयाेगको लागि तमु धीं जापानको हुलाकको खाता नम्बर  17400-89270361 タム ディン キユウシユ ジャパン मा रकम दाखिला गरिदिनु हुन पनि अनुरोध गरेको छ ।***

तमु धीं जापानको विज्ञप्तिः
tamudhin

तपाईको प्रतिक्रिया