Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सर्वाेच्च अदातलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल हरायो भन्नु सरकारको गैरजिम्मेवारीपूर्ण जवाफ भएको ठहर गरेको छ ।

Lokman

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र सपना मल्लको इजलासले अदालतको आदेशानुसार माग गरिएको कागजात फाइल सम्बन्धित निकायबाट समयमा अदालतमा पठाउने कार्य नगरी फेला परेपछि पठाउने भनी गैरजिम्मेवारपूर्ण जवाफ पठाएको भनी असन्तोष व्यक्त गरेको जनाएको छ ।

आदेशमा पूर्वआदेशानुसारको कागजात सात दिनभित्र नपठाएमा न्याय प्रशासन ऐन, २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुने समेत उल्लेख छ ।

अदालतले यसअघि आयोगका प्रमुख कार्कीलाई नियुक्त गर्दाको सक्कल कागजात माग गरेको थियो । सरकारले भूकम्पका कारण कागजात हराएको जवाफ पठाएको थियो ।

आयोगका प्रमुख कार्कीको नियुक्ति हुँदा उक्त पदमा अयोग्य व्यक्ति भएको उल्लेख गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७० वैशाख २९ गते रिट निवेदन दायर गर्नुभएको थियो । सो निवेदनलाई अदालतले २०७१ साल असोज ८ गते खारेज गरेको थियो ।

अधिवक्ता आर्यालले आयोगका अध्यक्ष कार्कीविरुद्ध पुनरवलोकन निवेदन हाल्नुभएको थियो । सो पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै अदालतले सक्कल कागजात माग्ने आदेश गरेको थियो ।

आदेशमा सरकारले भूकम्पमा कागजात हराएको र फेला परेपछि पठाउने भनी जवाफ पठाएको थियो । आयोगका प्रमुख कार्कीको नियुक्ति कानुनसम्मत भए÷नभएको बहस पुनः हुनेछ ।

तपाईको प्रतिक्रिया