Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं– डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले पहिलोपटक चुनाव लड्दैछ । इन्जिनियर्स एशोशियसनको नयाँ नेतृत्व चयन गर्न शुक्रबार भैरहेको चुनावमा उसले भाग लिएको हो ।

चुनाव पार्टी पार्टीबिचको नभएपनि यसले नयाँ शक्तिको प्रभावबारे केही आँकलन गर्न सकिनेछ । इन्जिनियर पृष्ठभूमिकै नेता डाक्टर भट्टराई अध्यक्ष रहेको नयाँ शक्तिले इन्जिनियरहरुमै कस्तो प्रभाव पारेको रहेछ भन्ने चुनावले देखाउनेछ ।

पेशागत क्षेत्र अन्तर्गत नेपाल इन्जिनियर्स एशोसिएसनको चुनावमा नयाँ शक्तिले छुट्टै प्यानल घोषणा गरेर चुनावमा उत्रिएको हो ।

एशोसिएसनको चुनावका लागि नयाँ शक्तिले लक्ष्मी देवकोटालाई अध्यक्षमा उम्मेद्वार बनाएको छ ।

तपाईको प्रतिक्रिया