Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच वान टु वान अर्थात् एक्लाएक्लै कुराकानि सकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी पुष्पकमल दाहालबिच राष्ट्रपति भवन हैदरवाद हाउसमा झण्डै ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको हो ।

1

भेटमा नेपाल भारतको सम्बन्ध, ठूला परियोजना निर्माणलाई गति दिनेबारे छलफल भएको बुझिएको छ । कुटनीतिक वृत्तमा वान टु वान वार्तालाई निकै महत्वका साथ हेरिन्छ । एक्लाएक्लै भेटवार्तापछि दुवै देशका प्रतिनिधिसहित संयुक्त बैठक बसिरहेको छ ।

संयुक्त बैठकमा दुई देशबिच केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने र प्रधानमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलन गर्ने दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । समकक्षी मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया