Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

darshan-samaj-japan-latestटोकियो – नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा दर्शन समाज जापानले दसैं भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आउँदै गरेको बडा दसैंको उपलक्ष्यमा बिदेशमै भए पनि स्वदेशको झझल्को दिने गरी आपसी भेटघाट, टिका जमरा र आशिर्बाद ग्रहण, शुभकामना आदान प्रदान तथा साँगीतिक माहौलमा सामुहिक मनोरञ्जन गरी हर्षोल्लासका साथमा दसैं मनाईने कार्यक्रम राखिएको सो समाजका अध्यक्ष सुरज मल्लले समुद्रपारिलाई बताउनुभयो ।

आउँदो अक्टुबर १५ तारिख शनिवार पर्ने कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिएको दसैं भेटघाट कार्यक्रममा उपस्थित भईदिन समाजका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका कार्यक्रम संयोजक भरत मल्लले जापानभरि छरिएर रहेका ठकुरी समुदायमा अपिल गर्नुभएको छ ।

कार्यक्रम शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाहलमा अपरान्ह २ बजेदेखि हुने सो समाजले जनाएको छ ।

’हाम्रो भाषा हाम्रो सँस्कृति, हाम्रो पहिचान हाम्रै सभ्यता, ठकुरी एकता हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ जुर्मुराएको जापानको ठकुरी समुदायले आफ्नो साँस्कृतिक धरोहरकारुपमा मान्दै आएको दसैं पर्वलाई बिदेशमै भए पनि उच्च महत्वका साथ मनाउन लागिएको सो समाजका सचिव सुनिल हमालले बताउनुभयो ।***

 

सम्बन्धित समाचार 

तपाईको प्रतिक्रिया