Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय फुटवलको वरियतामा दुई स्थान उक्लिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ७४ अंकसहित १ सय ८६ औँ स्थानमा उक्लिएको हो ।

नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा छ । दक्षिण एसियामा भारत शीर्ष स्थानमा उक्लिएको छ भने अफगानिस्तान दोस्रो स्थानमा झरेको छ । यस्तै माल्दिभ्स तेस्रो, बंगलादेश चौथो, भुटान छैठौं, श्रीलंका सातौँ र पाकिस्तान आठौं स्थानमा छ ।

यस्तै विश्व वरियताको पहिलो स्थानमा अर्जेन्टिना तथा दोस्रो स्थानमा बेल्जियम यथावत छन् भने जर्मनी तेस्रो स्थानमा उक्लिएको छ । यस्तै कोलम्बिया तथा ब्राजिल चौथो स्थानमा छन् । रियो ओलम्पिकको फुटबलमा स्वर्ण पदक जितेको ब्राजिल ५ स्थान माथि उक्लदै चौथो स्थानमा पुगेको हो ।

कुन कुन देश छन् उत्कृष्ट १५ मा ?

  • अर्जेन्टिना
  • वेल्जियम
  • जर्मनी
  • कोलम्बिया
  • ब्राजिल
  • चिली
  • पोर्चुगल
  • फ्रान्स
  • उरुग्वे
  • वेल्स
  • स्पेन
  • इंग्ल्याण्ड
  • इटाली
  • क्रोयसिया
  • मेक्सिको
तपाईको प्रतिक्रिया