शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

एजेन्सी – आफ्नै पत्नी बिक्रीको विज्ञापन प्रकाशित भयो भन्दा तपाईँलाई विश्वास नलाग्न सक्छ । तर बेलायतमा एक पुरुषले आफ्नी पत्नी लिलामीमा बिक्री गर्नका लागि विज्ञापन प्रकाशित गरेका छन् । ebay-ad-2-768x548

अनलाइन लिलामी साइट इबे मा ३३ वर्षीय साइमन ओकेनले पत्नीको लिलाम बिक्रीका लागि विज्ञापन गरेका हुन् । वेकफिल्ड, योर्कशायर बस्ने ओकेनले आफ्नी २७ वर्षीया पत्नी लिएन्ड्राको तस्बिर राखेर विज्ञापन दिएका हुन् । उनले पत्नी बिक्री गर्नु पर्नाका कारण समेत उल्लेख गर्दै खरिदकर्तालाई लिएन्ड्रा खरिद गर्दा हुने नाफा–नोक्सानको लेखाजोखा पनि गरेका छन् । उनले आफ्नाी पत्नीको लिलामीका लागि विज्ञापन प्रकाशित गरेको दुई दिनमै ६५ हजार ८८८ पाउण्डसम्मको खरिद प्रस्ताव आएको बताइन्छ ।

गत बुधवार उनको विज्ञापन प्रकाशन भएको थियो । लिएन्ड्राले एक समर्पित पत्नीको भूमिका ननिभाएको दाबी उनको छ । जसका कारण उनको चित्त दुखेछ । विज्ञापनमा उनले आफ्नी पत्नी भान्साको काममा निपूर्ण रहेको पनि खुलाएका छन् ।

उनले पत्नी खरीदकर्ताका लागि एक पटक बेचिसकेको माल फिर्ता नहुने समेत जनाएका छन् । सिमन एक टेलिकम इन्जिनियर हुन् । जबकि लिएन्ड्रा एक ब्युटी थेरापिष्ट । लोग्नेले आफैलाई बेच्नका लागि अनलाइनमा विज्ञापन दिएको थाहा पाएपछि लिएन्ड्रा रिसले चुर भएकी छिन् ।

तपाईको प्रतिक्रिया