Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

विराटनगर – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको आधार नै कृषि भएकाले कृषि उत्पादनमा जोड दिइनुपर्ने बताउनुभएको छ ।

युवा किसान सङ्घद्वारा आज विराटनगरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कृषिलाई गौरवको क्षेत्र ठानेर उत्पादन वृद्धिका लागि किसानलाई अग्रसर गराउनु पर्ने धारणा राख्नु भयो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रको स्वाभिमानमाथि खेलवाड नहोस् भनि सबैलाई चिन्ताको विषय बनेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय हितविपरीत कुनै सम्झौता गर्न आग्रह गर्नु भयो ।

एमाले मोरङका अध्यक्ष महेश रेग्मीले कृषि क्षेत्रमा परिवर्तन गर्न युवा शक्तिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया