Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बालबालिकामा लगानी गरेमा नयाँ नेपाल निर्माणको लागि भविष्यमा उर्जाशिल जनशक्ति उत्पादन हुने बताउनुभएको छ ।

बाल दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले बालअधिकारको क्षेत्रमा धेरै सकारात्मक उपलब्धी हात परे पनि अझै सन्तोष मान्ने अवस्था नरहेको बताउनुभयो ।

बेचविखन, बालश्रम, द्वन्द्वमा बालबालिकाको प्रयोग, शिक्षा र स्वास्थ्यको हकबाट धेरै बालबालिका वञ्चित भएको भन्दै राष्ट्रपति भण्डारीले बालहिंसा गर्नेलाई संविधानमा दण्डको व्यवस्था भएपनि पीडकलाई कारबाही र पीडितले क्षतिपूर्ति नपाएसम्म बालअधिकारको संरक्षण नहुने बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, महिला बालबालिका समाजकल्याण तथा ज्येष्ठ समितिकी सभापति रञ्जु झा, केन्द्रिय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी लगायतले संविधानमा बालअधिकारका धेरै राम्रा व्यवस्था भएपनि कार्यान्वयन अभाव रहेको भन्दै सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बालअधिकारको संरक्षणमा सक्रिय २५ जनालाई सम्मान पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया