Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – आफ्ना छोराका हत्यारालाई सजायँको मागसहित वीर अस्पतालमा आमरण अनसनमा बस्नुभएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोड्नुभएको छ ।

मृतक छोरा कृष्णप्रसादको हत्याका बिषयमा चितवन जिल्ला अदालतले गंगामायाको साक्षी वकपत्र गराउने आदेश दिएपछि कानून व्यवसायी र मानवअधिकारबादीको राय सल्लाहमा उहाँले अनशन तोड्नुभएको हो । हत्याका अभियुक्तविरुद्ध चलेको कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतले गम्भीरता देखाएर गंगामायाको वकपत्र गराउने आदेश दिएपछि आमरण अनशन तोडेको मानवअधिकारवादीले जनाएका छन् ।

चितवन अदालतका प्रमुख न्यायाधीश टेकनारायण कुँवरको इजलासले यही भदौ २६ गते मुद्दामा गंगामायाको समेत वकपत्र गराउने आदेश दिएको थियो । उक्त आदेश अनुरुप गंगामायाको वकपत्र गराउन असोज २ गते चितवन अदालतका स्रेस्तेदार काठमाडौँ आउदै हुनुहुन्छ । गंगाामायाले छोराको हत्याका प्रमाण दिने शर्तमा अनशन तोड्नुभएको हो । ६ बर्षदेखि अनशन बस्दै आएकी उनको पछिल्लो आमरण अनशन भने ३२ औं दिन तोडिएको हो । छोरा कृष्णको २०६१ साल जेठ २४ गते चितवनमा माओवादीले हत्या गरेका थिए ।

हत्या प्रकरणमा मुद्दा चलाइएका चार अभियुक्तमध्ये गोरखा फुजेलका छविलाल पौडेल र रुद्र आचार्य हालसम्म फरार छन् । अनशनकै क्रममा दुई बर्षअघि मृत्यु भएका गंगामायाका पति नन्दप्रसाद अधिकारीको अझै अन्त्येष्टी हुन सकेको छैन । अधिकारीको शव पोष्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै छ ।

तपाईको प्रतिक्रिया