Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो-कन्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट जापान आई बिभिन्न पेशा तथा व्यबसायमा संलग्न जापानमा रहेका बेलाैरीबासीहरू संगठित भएका छन् ।

आफ्नो जन्मस्थान बेलाैरीको विकासका कामहरूमा  एकजुट भई हातेमालाे गर्न  बेलाैरी युवा मंच गठन भएकाे बताइएको छ ।

हिजो सेप्टेम्बर १३ तारिकका दिन भएको बेलाैरीबासीहरूको भेलाले प्रेमप्रसाद खरेललाई अध्यक्षमा चयन गर्दै युवा मंचको गठन गरेको नवनियुक्त सल्लाहकार राजु केसीले समुद्रपारिलाई बताउनुभयो ।

मंचको उपाध्यक्ष द्वयमा अर्जुन पाण्डे र शंकर ढकाल, महासचिवमा सुशिल सापकोटा, सचिवमा गोकुल खरेल, कोषाध्यक्षमा भागिरथ न्याैपाने र सह-कोषाध्यक्षमा रामकृष्ण सापकोटा (उद्धव) चुनिनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा माधव अधिकारी, ऋषि रिजाल, राजु पाैडेल, मुकेश रिजाल, जिवन ढकाल, मिलन ढकाल र हेमाकान्त ढकाल रहनु भएको छ ।

मंचले सल्लाहकारमा रामप्रसाद पाण्डे र राजु केसीलाई चयन गरेको छ ।***
belauri-youth

तपाईको प्रतिक्रिया