Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – गीतकार तथा सङ्गीतकार सुनिल बर्देवाको मंगलबार निधन भएको छ । जन्डिसबाट पीडित गायक बर्देवाले मंगलबार दिउँसो एक्कासि रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो । 14344142_1242000895830511_8530073022217980540_n

उपचारकै क्रममा उहाँको निधन भएको हो । बर्देवा गायक, एरेन्जर, तथा गितारिस्ट पनि हुनुहुन्थ्यो । जब म निद्रामा हुन्छु, गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा लगायत थुप्रै गीतबाट चर्चित संगीतकर्मी बर्देवाका चर्चित गीत हुन् । पछिल्लो समय गायन र संगीतबाट पनि उहाँ चिनिनुभएको थियो ।

काठमाडौँ स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको छ । छोरा सानै छन् भने छोरी चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छिन । श्रद्धान्जलीका लागि आज बिहान प्रज्ञा प्रतिष्ठानको प्रांगणमा बर्देवाको शव राखिने र छोरी आइपुगेपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया