Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाज आज दुर्घटना हुनबाट जोगिएको छ ।

निगमका प्रवक्ता रामहरि शर्माका अनुसार अवतरणका क्रममा जहाजको पछिल्लो टायर पड्कन पुगेको थियो । निगमको एयरबस ३२० लुम्बिनी जहाजलाई आज मध्याह्न १२ः४५ बजे अवतरण गर्न खोजिँदा यस्तो घटना भएको हो ।

टायर पड्केको भए पनि सहज रुपमा अवरण गरिएको र यात्रु तथा चालक दलका सदस्य सुरक्षित रुपमा बाहिर निकालिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
भण्डारणमा जगेडा टायर रहे आजै साँझसम्म टायर मर्मत गर्न सकिने र नभए बुधदेखि अपराह्नसम्म आयात गरेरै भए पनि फेरिने उहाँले बताउनुभयो । धावनमार्ग मै जहाज रहेका कारण केही समय आन्तरिक तथा बाह्य उडानमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यसअघि गत आइतबार भारतको राजधानी नयाँदिल्लीमा निगमकै अर्को जहाज एयरबस ए ३२० सगरमाथा जहाजको पनि टायर पड्केको थियो । उक्त जहाज हाल मर्मतको क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया