Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

k|wfgdGqL ;j{bnLo a}7sdf k|wfgdGqL k'iksdn bfxfn k|wfgdGqL lgjf; jfn'jf6f/df cf;Gg ef/t e|d0fsf af/]df k/fdz{ lng dªunaf/ ;j{bnLo a}7ssf] cfof]hgf ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ ।
प्रधानमन्त्री दाहालले आज आफ्नै निवास बालुवाटारमा परामर्शका लागि बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी भएका दलका नेताहरुले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन आग्रह गरेका हुन् । छलफलमा सहभागी नेपाली काँग्रेसका नेता भरत खड्काले असाधारण परिस्थितिमा आएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा कसैले पनि शङ्का र उपशङ्का गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो – “भारत भ्रमणमा पुष्पकमल दाहाल जान लागेको होइन, प्रधानमन्त्री जान लाग्नुभएको हो, त्यो संस्था हो र त्यसलाई विश्वास गर्नुपर्छ । छिमेकी मुलुकसँग स्पष्ट कुरा राखेर सम्बन्धलाई थप उचाइमा पु¥याउन पहल हुनुपर्छ ।” नेता खड्काले प्रधानमन्त्री उच्च मनोबलका साथ भारत भ्रमणमा जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
भारत भ्रमणमा जाँदा आफूसँग खास नयाँ मुद्दा नभएको दलका नेतालाई प्रधानमन्त्री दाहालले बताउनुभएपछि आफूहरुले विगत केही समय अगाडि राजनीतिक तहमा दुई देशको सम्बन्ध चिसिएको र त्यसलाई सुधार्न प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल होस् भनी शुभकामना दिएको सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल–भारत सम्बन्धलाई अझ उँचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा लान नेताहरुले सुझाव दिएका थिए ।
साउन १९ गते व्यवस्थापिका–संसद्बाट काँग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका दाहालले यही भदौ ३० गतेदेखि भारतको चारदिन लामो भ्रमण गर्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया