Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

विराटनगर – सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले अझैसम्म संविधान संशोधनमा चासो नदेखाएको र तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरिरहेको गुनासो समेत गर्नुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा अध्यक्ष यादवले सरकारलाई सकंटमा नपार्न आफूहरुले संविधान संशोधनका लागि समयसिमा नतोके पनि यस विषयमा सरकार गम्भीर नभएमा पुनःविचार गर्नुपर्ने अवस्था आउने उल्लेख गर्नुभयो ।

उहाँले भारत भ्रमणलाई संविधान संशोधनसँग नजोड्न आग्रह गर्दै संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया