Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

नेपालगन्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीन तहको निर्वाचनका लागि सरकारले राजनीतिक सहमति जुटाउनुपर्ने बताउनुभएको छ ।

मिडिया सेन्टरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको कार्यान्वयन चुनौतीपूर्ण हुँदै गएकाले त्यसका लागि पनि सरकारले सहमतिको राजनीतिलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो ।

अध्यक्ष थापाले मधेसी मोर्चाको माग पूरा गर्न गरिने संविधान संशोधनमा आफ्नो दल बाधक नबन्ने बताउँदै, तर सहमति राष्ट्र र जनहितविरुद्ध हुनु हुदैन भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रमले कतै संविधान कार्यान्वयन धरापमा पर्ने त होइन भन्ने आशङ्का उत्पन्न भएको बताउँदै त्यसो हुन नदिन दलहरुबीच राजनीतिक समझदारी अविलम्ब खोज्नुपर्छ भन्नुभयो ।

भारत र चीनसँग सरकारको सन्तुलित सम्बन्ध हुनुपर्ने सुझाव दिँदै उहाँले प्रधानमन्त्री दाहालको हुन लागेको भारत भ्रमण ठिक वा बेठिक भनेर अहिले टिप्पणी गर्नुको औँचित्य नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया