Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काँकडभिट्टा – नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभएको छ ।

jhalnath-khanal1(2)गृह जिल्ला इलाम हिँड्नुभएका नेता खनालले आज प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै २०७४ माघ ७ गतेसम्ममा अनिवार्य निर्वाचन गर्न नसकिए मुलुक सङ्कट फस्ने बताउनुभएको हो । 
नेता खनालले भन्नुभयो–“समयमै निर्वाचन सम्पन्न गर्न सकेनौँ भने मुलुकमा संविधान कार्यान्वयन गर्ने सिलसिलामा ठूला चुनौती र सङ्कट भोग्नुपर्नेछ ।” उहाँले मुलुकमा सङ्कट र चुनौती आउन नदिन सम्पूर्ण राजनीतिक शक्ति गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।

नेता खनालले अहिलेको गठबन्धन सरकारले निर्वाचन गर्ने र संविधान कार्यान्वयनलाई गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाउनुभयो । संविधान कार्यान्वयन गर्ने र स्थानीय निकायको निर्वाचन गर्नका लागि प्रतिपक्षमै भए पनि नेकपा (एमाले) प्रतिबद्ध भएर लाग्नेसमेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया