Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

चितवन  – चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परि अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ ।

gaida

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र अमलटारीबाट एक महिनाको भाले बच्चालाई उद्धार गरी उपचार थालिएको हो । दुवै बच्चालाई निकुञ्जको सौराहामा राखेर उपचार गरिएको छ ।

मेघौलीमा उद्धार गरिएका गैँडाका बच्चालाई बाघले आक्रमण गरेको अनुमान गरिएको छ । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती बच्चाको अगाडिको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न ठाउँमा घाउ छ ।

दूध खुवाउन नसकिएको भन्दै उहाँले घाँस राम्रोसँग खाने हुँदा कुनै समस्या नपरेको बताउनुभयो । ती बच्चा साउन २४ गते मेघौली सेराई होटलमा करेन्ट लागेर मरेको गैँडाको बच्चा हुन सक्ने बोटेहरुले बताएको डा. गैरेको भनाइ छ ।

अमलटारीबाट उद्धार गरिएका बच्चाको पछाडिको खुट्टामा गोहीले टोकेको उहाँले बताउनुभयो । नदीले बगाएर आमा र बच्चालाई दुईतर्फ बनाएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ । अलपत्र देखेपछि दुई/तीन दिन हेर्दासमेत आमा नभेटिएपछि बच्चालाई उद्धार गरिएको सहायक संरक्षण अधिकृत अर्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया