Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – जनगणतन्त्र कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै कोरियाले गरेको उक्त परीक्षणप्रति विरोध जनाएको हो ।

सबै किसिमका आमविनाशकारी हतियारको पूर्ण निशस्त्रीकरणमा नेपालले लिएको स्थिर नीतिअनुसार त्यस्ताखाले परीक्षणको विरुद्धमा रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको कामना गर्दै यस्ता गतिविधि रोक्न कोरियाली सरकारसँग आग्रहसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया