Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो – गैरआवासीय नेपाली संघ एनआरएनए जापानको सातौं कार्यकालका लागि वार्षिक साधारण सभा सेप्टेम्बर २५ तारिखमा हुने भएको छ । वार्षिक साधारण सभा जापानको ओकिनावामा गरिने आयोजकले जनाएको छ ।

 0

साधारण सभाको तयारीमा जुट्न सबै क्षेत्रिय कमिटी र सम्बन्धीत पक्षलाई आग्रह समेत गरिएको छ ।  सभामा क्षेत्रिय कमिटीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछ ।

साथै राष्ट्रिय कमिटिले आफ्नो वार्षिक आयब्यय प्रस्तुत गर्दै निति तथा नियम र भावी कार्ययोजना प्रस्तुत गर्नेछ । यसअघि बिधानमा देखिएका कमिकमजोरी र आवश्यकता अनुसार संशोधन प्रस्ताव सभामा पेश गरिने छ ।

उक्त कार्यक्रम को लागि आयोजकले सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया