Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

रसुवा – आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा चीनबाट हुने सामान ढुवानीमा समेत प्रभावित भएको छ । अहिले त्यस राजमार्गमा मानिस ओहोरदोहोर गर्ने अवस्थासमेत नरहेको बताइएको छ ।
पहाडको अग्लो स्थानबाट ढुङ्गा झरिरहेकाले राजमार्ग खुलाउन अझै चार/पाँच दिन लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया