Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । आइतबार रातिदेखि परेको पानीका कारण ठाउँ ठाउँमा पहिरो गएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । सोमबार पूर्वी र मध्य क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको मौसमविद वरुण पौडेलले बताउनुभयो ।

मनसुनी वायु सक्रिय भएको तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र भारतमा न्युनचापीय क्षेत्र विकास भएकाले ठूलो पानी पर्ने मौसमविदको अनुमान छ । अझै एक दुई दिन यसैगरी पानी पर्ने मौसमविद पौडेलले बताउनुभयो ।

गएको २४ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै पानी परेको छ । काठमाडौंमा ६७ मिलिमिटर, ताप्लेजुङमा ५८ , ओखलढुंगामा ४३, डडेल्धुरामा ४१, धनकुटामा २९, नेपालगन्जमा २७ र सिमरामा १७ मिलिमिटर पानी परेको छ ।

वर्षाका कारण महाकाली र कोशी नदीमा पानीको सतह बढेको छ । रातिदेखिको पानीले जमिन गलेको हुँदा पहिरोको खतरा रहेको मौसमविदले बताएका छन्  ।

तपाईको प्रतिक्रिया