Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

lakhe-nach

चितवन – लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा चितवनमा पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता २०७३ हुने भएको छ ।
भदौको ३० र ३१ गते चितवनको नारायणगढमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । लाखे नाच लगायतका अमूर्त सम्पदाहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको चाडवर्पलाई जिवन्त राख्नु पर्ने हाम्रो दायित्व भएका कारण पनि लाखे नाचको आयोजना गरिएको आयोजकको भनाइ छ । २०६४ सालबाट आयोजना गरिएको प्रतियोगिता हरेक दुईदुई वर्षमा हुँदै आएको छ । प्रतियोगितामा हालसम्म ३० वटा समूहले भाग लिनको लागि नाम दर्ता गराइसकेको र प्रतियोगिता हुनेदिनसम्म देशभरीबाट ४० भन्दा बढी समूह सहभागी हुने प्रतियोगिताका मूल संयोजक निर्जनलाल श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न जिल्लामा छरिएर रहेका नेवार समुदायको आफ्नै पहिचान बोकेको लाखे नाचलाई एकीकृत पार्ने काम समेत प्रतियोगिताले गर्ने श्रेष्ठको भनाइ छ । लाखे नाच प्रतियोगिताले नेपालको आन्तरिक तथा बाह्य पर्यटन आगमनको लागि समेत टेवा पुग्ने लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र कुमार पियाले बताउनु भयो । मजिपाट लाखेले मानव जातिको संरक्षण गर्ने भएकाले समेत त्यसको संरक्षण गर्नको लागि नेवार समुदायले पुजा गर्दै आएको पियाको भनाइ छ । विशेष गरि लाखे नाच सोह्र श्राद्ध सुरु हुने पूर्णिमाको दिनसम्म देखाइने हुनाले त्यसै समयलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया