Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

morcha-okटोकियो – तत्कालिन एमाओबादी, नेकपा माओबादी (बादल पक्षधर) लगायत बिभिन्न १० माओबादीको एकीकरण पछि देश विदेशमा रहेका माओबादीहरुमा उत्साह थपिएसंगै मातहतका भ्रातृसंगठनहरु बीच एकता भेला भईरहेका छन् । यसैबीच जापानमा रहेको माओबादी केन्द्रको भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानको यहि सेप्टेम्बर १९ तारिख टोकियोमा एकता अधिबेशन हुने भएको छ ।

उक्त अधिबेशनलाई सम्बोधन गर्न नेकपा माओबादी केन्द्रका प्रभावशाली नेताहरु जापान आउने भएका छन् । जसअनुसार केन्द्रिय कार्यालय सदस्य देव गुरुङ, सचिवालय सदस्य लिलामणि पोखरेल र पोलिटब्यूरो सदस्य युवराज चौलागाई जापान आउने मोर्चा स्रोतले जनाएको छ ।

अधिबेशन सेप्टेम्बर १९ तारिख टोकियोको निशी ओगिकुबो स्थित किनरो फुकुसी खाइकानमा बिहान १० बजे देखि हुने बताईएको छ ।

अधिवेशनको घोषणा समारोहमा भने नेपालको समसामयिक राजनैतिक बिषयवस्तुमा नेताहरुसंग जापानबासी नेपालीहरुले खुल्ला अन्तर्क्रिया गर्ने भएका छन् । उक्त कार्यक्रममा उपस्थित भईदिन मोर्चाले जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा अपिल गरेको छ ।

यसअघि मोर्चाले टोकियो, नागोया, गुन्मा, तोचिगी लगायतका क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न गरिसकेको छ । जापानब्यापीरुपमा संगठन बिस्तार गर्ने क्रम जारी रहेको मोर्चाले जनाएको छ ।***

तपाईको प्रतिक्रिया