Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

टोकियो-नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) जापान शाखाद्वारा १७अाैं फोनिज दिवसको अवसरमा एक दिने व्यवसायिक पत्रकारिता र प्राविधिक ज्ञान सम्बन्धि पत्रकारहरूको क्षमता अभिवृद्धी तालिम टोकियोमा सम्पन्न भएको छ ।
आइतवार भएको कार्यक्रममा २१ जना सहभागिहरूको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलार्इ पत्रकार महासंघ केन्द्रीय सदस्य पवन वर्षा शाह, पत्ररकारहरू विन्द्र श्रेष्ठ, आनन्द कोर्इराला, विष्णु सुवेदी र राजन गाैतमले समाचार लेखन तथा प्राविधिक ज्ञान विषयमा प्रशिक्षण दिनुभएको थिए । तालिममा पत्रकार ऋतुकुमार दुराले सहजिकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।

दुइ चरणमा सम्पन्न गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा प्रशिक्षार्थीहरूलार्इ प्रशिक्षण गरिएको थियो भने दोस्रो चरणमा सहभागीहरूलार्इ प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास जापानका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले सहभागी प्रशिक्षार्थीहरूलार्इ प्रमाणपत्र प्रदान गर्नुभएको थियो । फोनिजका अध्यक्ष शान्त पहरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवासमा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ललार्इ सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले जापानजस्तो व्यस्त देशमा रहेर पनि पत्रकारितामार्फत नेपाली नागरिकहरूलार्इ सु-सुचित गर्ने काम अति नै प्रशंशा गर्न योग्य रहेको बताउँदै समाजमा गलत गतिविधी गर्ने तत्वहरूलार्इ निस्तेज पार्न पत्रकारहरूले सहयोग गर्नु पर्ने बताउनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले प्रवासको पत्रकारिता अति नै चुनाैतिपूर्ण रहेको बताउँदै उहाँले सूचना जगतमा काम गर्ने पत्रकारले अाफ्नो पेशामा अति नै लगनशील र उत्तरदायित्व वहन गरेर काम गर्नुपर्नेबताउनुभयो । प्रयाप्त सूचना विना नै गरिएको पत्रकारिता र त्यस किसिमको सूचनाले जनमानसमा सिंगो पत्रकारिता जगत नै वदनाम हुनसक्ने बताउँदै पत्रकारहरूले यस कुरामा अति नै सजक हुनुपर्ने विचार राख्नुभएको थियो ।
फोनिजका महासचिव फुर्वा शेर्पाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन फोनिजका उपाध्यक्ष चसिला वाइवा तामाङले गर्नुभएको थियो ।***

तपाईको प्रतिक्रिया