शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

tina-gurungटोकियो-क्यूसुको किताक्यूसुमा जापानी भाषा अध्ययन गर्दै गरेकी एक नेपाली विद्यार्थीले अात्महत्या गरेको समाचार छ । उनी सोमबार विहान अाफै बस्ने कोठाको बाहिर झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

दुइवर्ष अगाडि विद्यार्थीको रूपमा जापान अाएकी पोखराकी टिना गुरूङ उक्त कलेजमा जापानी भाषा अध्ययनरत रहेको स्कुल स्रोतले बताएको छ । आत्महत्याको कारण अझै खुलिसकेको छैन । हाल यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको कलेजका सम्बन्धित अधिकारीले समुद्रपारिलाइ जानकारी दिए । उनले हाल नेपालमा गुरूङको परिवारलाइ पनि खबर भैसकेको बताए ।

समुद्रपारिसँग कुरा गर्दै उनले भने-‘उनी अत्यन्तै मेहनती विद्यार्थी मध्य एक थिइन, उनले यस्तो सम्म गर्लिन भन्ने सोचिएको थिएन ।’ त्यसो त अागामी ३ महिनामा उनकाे उक्त स्कुलमा भाषा अध्ययन पुरा हुने र उनले स्कुल फि पनि पुरा तिरिसकेको जानकारी स्कुल स्रोतले जानकारी दिएको छ ।  स्कुलको होस्टल भए पनि उनी अहिले केटा साथीसँग सँगै बस्दै अाएको कुरा पनि थाहा लागेको छ ।

उक्त स्कुलमा अहिले करीव ६० जना नेपाली विद्यार्थी रहेको जानकारी पनि स्कुल स्रोतले जानकारी गराएको छ ।

अब कसरी अगाडि बढ्ने भन्ने कुरामा नेपाली दूतावाससँग सहकार्य गर्न सम्पर्क भइरहेको बताइएको छ ।***

तपाईको प्रतिक्रिया