Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

sima anugaman

बुटवल – राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देहीसहितका तराईका दक्षिण सीमा क्षेत्रका नागरिकको मानवअधिकारको अवस्था जोखिमपूर्ण रहेको बताएको छ ।
आयोगले गरेको अवलोकनमा सीमा क्षेत्रमा भएका मानवनिर्मित बाँधले कटान, डुबान समस्या भोग्नुपरेको उल्लेख गरेको छ । आयोगका सदस्यव्दय गोविन्द शर्मा पौडेल र मोहना अन्सारी नेतृत्वको उच्चस्तरीय टोलीले रुपन्देही, नवलपरासी, कपिलवस्तु दाङका सीमा क्षेत्रका नागरिकको मानवअधिकारको अवस्थाबारे अवलोकन गरेको थियो ।

आयोगका सदस्य गोविन्द शर्मा पौडेलले डुबानबाट सीमा क्षेत्रका नागरिक नराम्ररी प्रभावित भएको उल्लेख गर्नुभयो । रुपन्देहीको मर्चबार, भरथहवाका क्षेत्रका साथै बुटवलको देवीनगर बुद्धनगर, जस्ता तिनाउ किनारका बस्ती जोखिममा रहेको आयोगको भनाइ छ । त्यस्तै नवलपरासीको सुस्ता, नरसहि, कुडिया र पक्लीहवा कपिलवस्तुको रङ्गपुर, बेदौली, पर्सिया, हर्दौनालगायतका क्षेत्र कटान, डुबान र मानव निर्मित बाँधका कारण प्रत्येक वर्ष प्रभावित भएको आयोगले जनाएको छ ।

सीमा क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तु, स्वास्थ्य उपचार, शिक्षाको लागि छिमेकी देशका बजारमा निर्भर हुनुपरेको आयोगका सदस्य पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया