Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

metro_deluxe-bus

बागलुङ – बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने भएको छ ।
आउँदो असोज ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ । धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स प्रालिसँगको सहकार्यमा बस चलाउन लागेको हो । साताको आइतबार, बुधबार र शुक्रबार सेवा सुचारु हुने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ । यात्रुको चाहना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा दिन लागिएको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरीगेट बरफ खानामा गएर रोकिनेछ ।
एक हजार ३२० किमिको उक्त यात्रामा प्रतियात्रु रु तीन हजार २०० नेपाली भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । बागलुङदेखि छुटेको बस ३० घन्टामा नयाँ दिल्ली पुग्नेछ । धौलागिरि क्षेत्रबाट रोजगारको लागि भारतको नयाँ दिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेसाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया