Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सहरी विकास मन्त्रालयले व्यवस्थित सहरी विकास र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी २५ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्जुननरसिंह केसीले कार्ययोजना सार्वजनिक गर्दै गाउँ र सहरबीचको विकास अन्तरलाई न्यूनीकरण गर्न कार्ययोजनाले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “सहरमा ठूला भवनमात्र होइन खानेपानी, सडक, ढल, उद्यानसहितको हरियाली क्षेत्र, दिगो सहरी यातायातको विकास हुनुपर्छ, यसका लागि मन्त्रालय र विभागबीचमा छरिएर रहेका दायित्वलाई समन्वय गरिनुपर्छ”– उहाँले भन्नुभयो ।

मन्त्रालयले निर्माण गरेको भवनसंहिता छिटै राजपत्रमा प्रकाशित गरी कार्यान्वननमा लैजाने पनि मन्त्री केसीले बताउनुभयो । संहिता लागू गर्न अप्रिय निर्णय लिन तयार रहेको उहाँको भनाइ थियो । “काठमाडौँ उपत्यका विकास प्राधिकरणको छाता ऐन निर्माण सहरी विकासलाई तीव्रता दिन अन्य सहरमा पनि प्राधिकरण निर्माण गर्न गृहकार्य गरिनेछ, नगरोन्मुखको गाउँको विकासमा प्राधिकरण सहयोगी हुनसक्छ, सहरको विकासलाई गाउँगाउँमा विस्तार गरेर सहरमा बसाइँसराइ रोक्न पहल गरिनेछ”– उहाँले भन्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माणमा मन्त्रालयका तर्फबाट गरिने काम छिटो गर्नेगरी व्यवस्था मिलाइएको जानकारी सो अवसरमा गराइयो । पहिलो किस्तामा रु डेढ लाख अनुदान पु¥याउन दातासँग कुरा भइरहेको मन्त्री केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया