Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – धार्मिक—आध्यात्मिक संघसंस्थाहरुको साझा संगठन सनातन हिन्दू मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्दै शनिबार राजधानिमा सम्पन्न भएको छ ।

img_0040

दुईदिन सम्म चलेको सम्मेलनले हिन्दू राष्ट्रको विरासतलाई पुनस्थापित गर्न सशत्त आन्दोलन गर्न धर्म रक्षा यूवा परिषद् निर्माण गर्ने निर्णय गरेको सम्मेलन पछि जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

धर्म रक्षा युवा रक्षा परिषदको संयोजक दिपक थापालाई तोकिएको छ । थापको नेत्रृत्वमा पाँच हजार यूवाहरुलाई प्रशिक्षण दिईने छ । आगामी चैत सम्म यूवादस्ता निर्माण तथा प्रशिक्षणका कार्यक्रम सम्पन्न गर्ने र बैशाख देखि हिन्दूराष्ट्रका लागि सशक्त आन्दोलन गर्ने छौं, सम्मेलनलाई सम्बोधन गर्दै सनातन हिन्दू मोर्चाका अध्यक्ष प्रा डा माधब भट्टराईले भने आवश्यक परे युवा दस्ताले त्रिशुल र भाला पनि उठाउन तयार हुने छ ।

धार्मिक—अध्यात्मिक शक्तिकेन्द्र निर्माण गर्ने घोषणा
मुलुकभरका दुईसय भन्दा बढि धार्मिक—आध्यात्मिक संघसंस्थाका प्रतिनिहिरुको सहभागितामा सम्पन्न सम्मेलनले सनातन हिन्दूराष्ट्र नेपाल निर्माणका लागि साझा धार्मिक—अध्यात्मिक शक्तिकेन्द्र निर्माण गर्ने घोषणा गरेको छ ।

पर्दा पछाडिका शक्तिको इसारामा नेपाललाई धार्मनिरेपक्ष राष्ट्र घोषणा गरिएको र त्यसका विरुद्धमा लड्न साझा शक्ति केन्द्रको निर्माण गर्ने निर्णय गरेका हौं सम्मेलन पछि आफ्नो धारणा राख्दै मोर्चाका महासचिव भरतराज पौड्याले भने अव धार्मिक संघसंस्थाहरु खण्डित भएर होईन एकृकीत भएर हिन्दूराष्ट्र निर्माणका लागि लड्ने छौं ।

यस्तै हिन्दूराष्ट्र घोषणा नभए सम्मका लागि सम्मेलनले संविधान जारी भएको दिन असोज ३ गतेलाई सम्पूर्ण धार्मिक—आध्यात्मिक संघसंस्थाले कालोदिनका रुपमा विरोध सभा गरेर मनाउने घोषणा गरेको छ ।

विश्वहिन्दू महासंघ अन्तराष्ट्रिय समितिको तीब्र आलोचना
विश्वहिन्दू महासंघ अन्तराष्ट्रिय समिति डलरमा विक्री भएको र अन्तराष्ट्रि मञ्चहरुमा हिन्दूराष्ट्रका पक्षमा आवाज उठाउन नसकेको, धर्मपरिवर्तनकारी शक्तिलाई सहयोग पुर्याएको तथा नौ बर्ष सम्म संस्थाको अधिवेसन समेत नगरेको भन्दै सम्मलेलनले विश्वहिन्दू महासंघ अन्तराष्ट्रिय समितिको कार्यशैली प्रति तीब्र आलोचना गरेको छ ।

विश्वहिन्दू महासंघ राष्ट्रिय समितिका अध्यक्षद्धय निलप्रसाद भण्डारी र डा रामचन्द्र अधिकारीले समेत अन्तराष्ट्रिय समितिको निरंकुश कार्यशैलीप्रति कटु आलोचना गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै सनातन हिन्दू मोर्चाका प्रवक्ता पुष्पराज पुरुषले आगामी कार्तिक मसान्त भित्र विश्वहिन्दू महासंघ अन्तराष्ट्रिय समितिलाई सच्चिने अन्तिम मौका दिने र कार्तिक समान्त भित्र पनि नसच्चिए फागुनमा धार्मीक संघसंस्थाहरुको महासम्मेलन गरेर वर्तमान कार्यसमितिलाई अपदस्त गरेर नयाँ कार्यसमित ल्याउने चुनौती दिनुभयो ।

तपाईको प्रतिक्रिया