Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

सिरहा  – प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार सिरहा आउने हुनभएको छ । सिरहामा हुने नेकपा माओवादी केन्द्रको सभालाई सम्बोध गर्न र आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग भेट गर्न प्रधानमन्त्री दाहाल सिरहा आउन लाग्नु भएको जनसभा आयोजक समितिका अध्यक्ष जगत यादवले बताउनुभयो ।

भारत जानुअघि मधेसको जनमत पनि बुझ्ने चाहाना अनुसारनै सभाको आयोजना गरी प्रधानमन्त्री सिरहा आउनु लाग्नुभएको आयोजकले जनाएको छ ।

दाहालको भव्य स्वागत

मस्यौदा संविधानको सुझाव संकलनका वेला ढुङ्गामुडा खेपेका नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई यहाँका नागरिकले भव्य स्वागतको तयारी गरेका छन् । मिर्चैैैया वरपरका सरकारी तथा गैरसरकारी संघसंस्था तथा विद्यालायहरुले ठाउँ ठाउँमा स्वागतद्धार बनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री दहालले सम्वोधन गर्ने जनसभाको तयारी अन्तिम चरणमा पुगेको जनसभा आयोजक समितिका अध्यक्ष जगत यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया