Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले भारतको इशारामा संविधान संशोधन हुन लागेको आरोप लगाएको छ । कसैलाई खुसी बनाउनकै लागि संविधान संशोधन हुन विडम्बनापूर्ण रहेको पार्टीले जनाएको छ ।

????????????????????????????????????

रिपोर्टर्स क्लव नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले संविधान संशोधन गरेर मधेसी मोर्चाका अराजनीतिक माग कुनै पनि हालतमा पूरा गर्न दिनु नहुने बताउनुभयो ।

‘कसैलाई खुसी पार्न भारतको इशारामा संविधान संशोधन हुनु दुःखद् हो’ उहाँले भन्नुभयो, ‘भारत भ्रमण अगाडि नै संविधान संशोधनको प्रस्ताव किन दर्ता गर्नु प¥यो ? संशोधनमा जानुअघि विभिन्न दलहरूसँग भएका सहमतिको पनि ध्यान दिनुपर्छ ।’

हिन्दी भाषालाई नेपालमा किन महत्वका साथ मधेसी मोर्चाले उठाएको छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । त्यस्तै अंगिकृत नागरिकलाई उच्च पदमा लैजान नहुने चुरेभावरले जनएको छ ।

उहाँले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार गठनका नाममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग अप्राकृतिक र कथित तीन बुँदे सहमति भएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा फास्ट ट्रयाक, नौमुरेजस्ता कुनै पनि राष्ट्रघाती सम्झौता नगर्न चुरेभावर पार्टीले सरकारलाई सचेत गराएको छ । तराईको हुलाकी मार्ग समयमा छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ ।

तपाईको प्रतिक्रिया