Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जाँदै हुनुहुन्छ । बिहीबारबाट हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको एजेन्डालाई अन्तिम रूप दिन परराष्ट्रमन्त्री डा. महत आज नयाँदिल्ली जान लाग्नुभएको हो । prakash-saran-mahat

प्रधानमन्त्री दाहालको भ्रमण एजेन्डाबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहे पनि कतिपय महत्त्वपूर्ण एजेन्डालाई कसरी अगाडि बढाउने भन्ने टुंगो लगाउन परराष्ट्रमन्त्री जान लाग्नुभएको स्रोतको दाबी छ । परराष्ट्रमन्त्री डा. महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री महतले प्रधानमन्त्रीको भ्रमणमा नेपालले उठाउने तथा भ्रमणपछि संयुक्त वक्तव्यमा राख्ने विषयलाई अन्तिम रूप दिने बताइएको छ ।

तपाईको प्रतिक्रिया