Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमा बढी केन्द्रित हुने प्रस्ट पार्नुभएको छ । नेपाल टेलिभिजनबाट शनिवार बेलुका प्रसारित ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘विगतमा दुई देशको सम्बन्धमा केही न केही चिसोपना आएकै हो, संविधान घोषणादेखि, सरकार गठन, संविधान कार्यान्वयन, र नाकाबन्दीका क्रममा देखापरेको चिसोपनालाई अन्त्य गर्दै दुई देशबीचको सम्बन्धमा विश्वासको आधार खडा गर्नेतर्फ मेरो भ्रमण केन्द्रित हुनेछ ।’ भ्रमणको तयारीस्वरूप भारतसँग विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै त्यस बारेमा कूटनीतिज्ञ र विज्ञहरूसँग छलफल चलाइरहेको पनि प्रधानमन्त्री दाहालले जानकारी पनि दिनुभयो । prachanda-ntv-sidhha-prasna

आफूले व्यवस्थापिका–संसद्मा गरेको सम्बोधनमा ल्याइएको नीति तथा कार्यक्रम जनताको पक्षमा गर्न सम्भव भएको जिकिर पनि उहाँको थियो । पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा भइरहेको बाढी पहिरोलगायत अन्य विपत्लाई सरकारले सम्बोधन गर्नेबारे तयारी भइरहेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । उहाँले विभिन्न माग राखेर पटक पटक आमरण अनशनमा बस्दै आउनुभएका डा गोविन्द केसीका जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँलाई धैर्य गर्न पनि अपिल गर्नुभयो ।

संसद्मा सम्बोधनका क्रममा जन्म र मरणमा कर्णालीवासीलाई २० केजी चामल दिन भएको घोषणा अपमान नभई सद्भाव र प्रेममात्रै भएको उहाँको भनाइ थियो । आफू भारत भ्रमण जानुभन्दा अघि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउनका लागि दलहरूसँग तीव्र छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले यातायातको क्षेत्रलाई थप व्यवस्थित गर्दै उपत्यकाभित्रको सवारी समस्यालाई समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया