Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफ्ना माग आगामी असोज २ गतेसम्म पूरा नभएमा पुनः अनशन बस्ने घोषणा गर्नुभएको छ ।
असोज २ गतेभित्र आफ्ना माग सम्बोधन नभएमा असोज ३ गतेदेखि नवौँ पटक आमरण अनशन बस्ने डा केसीले विज्ञप्ती निकालेर जनाउनुभएको छ ।

gobinda-k-c

आज एक विज्ञप्ती जारी गर्दै डा केसीले चिकित्सा शिक्षा ऐन विषयमा सम्झौता कार्यान्वयन नभएको र भएका पनि उल्टिने अवस्था आएको बताउनुभएको छ ।

विज्ञप्तीमा विभिन्न पडयन्त्र र चलखेल रोक्न तथा हालसम्म भएका सबै सम्झौता अविलम्ब इमान्दारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिन चाहन्छौँ भनी उल्लेख छ ।

हाल भइरहेका सबै चलखेल रोकर आफ्ना सुझावसहित चिकित्सा ऐन पारित गर्ने तथा लोकमान सिंह कार्की तथा राजनारायण पाठकमाथि महाअभियोगको प्रक्रिया अघि बढाउनेलगायत सरकार र आफूबीच भएको पछिल्लो सम्झौताका सबै बुँदा कार्यान्वयन नभएमा असोज ३ गतेदेखि अनशन बस्ने घोषणा डा केसीले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया