Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकमा टेकबहादुर बस्नेत चयन हुनुभएको छ । शुक्रबार बसेको केन्द्रको संसदीय दलको बैठकले बस्नेतलाई प्रमुख सचेतक चयन गरेको हो ।

tek_bahadur_basnet

हितराज पाण्डे मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली थियो । यस्तै बैठकले संसदीय दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा संसदीय बोर्ड पनि गठन गरेको छ । बोर्डको सचिवमा रामनारायण विडारी रहेको माओवादी केन्द्रका नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले विभिन्न समितिमा पार्टीका तर्फबाट रिक्त रहेका सदस्यको नाम पनि टुंगो लगाएको छ । जसअनुसार विकास समितिमा टोपवहादुर रायमाझी, महिला बालवालिका तथा जेष्ठ नागरिक समितिमा गिरीराजमणी पोखरेल, लेखा समितिमा हरिबोल गजुरेल, अर्थ समितिमा शक्तिबहादुर बस्नेत, वातावारण संरक्षण समितिमा अग्नी सापकोटा, राज्य ब्यवस्था समितिमा रेखा शर्मालाई पठाइने उहाँले बताउनुभयो ।

माओवादी केन्द्रले संसदीय दल अन्तगर्त प्रदेशको संयोजक पनि तोकेको छ । जसअनुसार प्रदेश नम्बर १ मा शिवकुमार मण्डल, २ मा रामसिंह यादव, ३ मा सन्तु दराई, ४ मा कृष्ण धिताल, ५ मा रेखा शर्मा, ६ मा टेकवहादुर बस्नेत र ७ मा हरि ज्ञवाली संयोजक तोकिएको छ ।

तपाईको प्रतिक्रिया