Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रलाई बलियो बनाउन शिक्षा क्षेत्रलाई अझ व्यापक, व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल संस्कृत विश्वविद्यालय सभाको ६९औँ बैठकलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई अझ बढी जनमुखी र लोकप्रिय बनाउनका लागि गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री दाहालले संस्कृत वाङ्मयलाई लोकप्रिय बनाउन लागि विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउँदै संस्कृत वाङ्मयभित्रका प्रायोगिक विधाको विकास र विस्तारमा सरकारबाट विगतका दिनमा भएको सहयोग र सद्भाव प्रदान गरिने आश्वस्त पार्नुभयो ।

“संस्कृतभित्र वर्तमान, मानवजीवन र राष्ट्रको विकासका लागि अत्यन्त उपयोगी अनेकौँ प्रायोगिक विधा छन्”– उहाँले भन्नुभयो, “तीमध्ये आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, ज्योतिष, वास्तुशास्त, कृषिजस्ता जनसरोकारका विषयको अध्ययन/अध्यापन, विकास र विस्तारमा विश्वविद्यालयको ध्यान जान जरुरी छ ।”

प्रधानमन्त्री दाहालले विश्व समुदाय नै आयुर्वेद र योगतर्फ आकर्षित भइरहेको अवस्थामा विश्वविद्यालयले हामीसँग भएको स्रोत र ज्ञानलाई उपयोग गरी आयुर्वेद र योगतर्फ ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गुरुकुलीय परम्परालाई जीवन्त राख्न संस्कृतको पठनपाठनका लागि खोलिएका संस्कृत पाठशाला, विद्याश्रम र आश्रमको संरक्षण र सम्वद्र्धनका लागि सरकारले ध्यान दिइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति धनीराम पौडेलले विश्वभाषामा संस्कृत भाषा पुरानो भएकाले यसलाई बचाउनुपर्ने भन्दै संस्कृत विधाको ज्ञान र प्रेरणा प्राप्त गर्ने केन्द्रका रुपमा विश्वविद्यालयलाई बनाउनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयले आग्रह, पूर्वाग्रह र कर्मकाण्डीय सोचभन्दा माथि उठेर आफ्ना कार्यक्रमलाई प्रतिस्पर्धी र अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाले मानव सभ्यताको विकासमा संस्कृत विधाको उल्लेखनीय योगदान रहेको चर्चागर्दै विश्वविद्यालयले संस्कृत वाङ्मय जोगाउन लागिपरेको बताउनुभयो । उहाँले विश्वविद्यालयको आगामी योजनाबारे प्रधानमन्त्री दाहाल र शिक्षामन्त्री पौडेललाई जानकारी गराउनुभयो । बैठकमा शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले शैक्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

बैठकमा कुलसचिव कार्तिकेय झाले आव २०७३/७४ को करिब रु ६८ करोड ७२ लाख छ हजार ४०० को बजेट प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया