Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक सच्चा नेता भएको बताउनुभएको छ ।

putin-and-trump

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसले अस्थिरताको बीउ रोपेको आरोप लगाएको केही घण्टामा नै ट्रम्पले रुसको बचाउ गर्दै भ्लादिमीर पुटिन सच्चा र क्षमतावान नेता भएको प्रतिक्रिया दिनुभएको हो ।

भ्लादिमीर पुटिनका कारण रुस बलियो भएको ट्रम्पको भनाइ छ । साथै ट्रम्पले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल घोटालालाई राष्ट्रपति ओबामाले लुकाउन खोजेको आरोप लगाउँदै ओबामाकै कारण देशमा अस्थिरता सिर्जना भएको जिकीर गर्नुभयो । (एजेन्सी)

तपाईको प्रतिक्रिया