Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

भरतपुर – ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ देशभरका भारद्वाज गोत्रीय पोखरेलहरु चितवनमा भेला हुने भएका छन् ।  भदौ २४ र २५ गते चितवनमा हुने केन्द्रीय भेलाको सम्पूर्ण तयारी पूरा भएको आज भरतपुरमा आयोजित छलफल कार्यक्रममा ‘भारद्वाज पोखरेल समाज’, भेला आयोजक समितिका संयोजक ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

भेलामा पोखरेलहरुको यथार्थ वंशावली तयारी गरिने र आफ्नो समुदायबाट देशलाई समृद्ध बनाउनेबारे छलफल गरिने समाजका सचिव यदुनाथ पोखरेलले बताउनुभयो । भेला सम्पन्न गर्न २९ सदस्यीय आयोजक समिति निर्माण भएको छ ।

देशभरका करिब दुई सय जना पोखरेल समाजका प्रतिनिधिहरु सहभागि हुने भेला सफल पार्न भीमप्रसाद पोखरेलको संयोजकत्वमा आर्थिक समिति, चुडामणि पोखरेलको संयोजकत्वमा स्वागत सत्कार समिति, श्रवणकुमार पोखरेलको संयोजकत्वमा कार्यपत्र निर्माण समिति, अशोक पोखरेलको संयोजकत्वमा यातायात समिति, पोषराज पोखरेलको संयोजकत्वमा भोजन समिति र हरिप्रसाद पोखरेलको संयोजकत्वमा प्रचार प्रसार समिति बनाइएको छ ।

तपाईको प्रतिक्रिया