Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

भक्तपुर – नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक विषयमा सञ्चार गृहहरुले तत्कालै कार्यान्वयन नगरे महासङ्घले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताउनु भएको छ ।

????????????????????????????????????

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै विष्टले लामो समय देखि सञ्चार जगत्मा चर्चाको विषय बनेको श्रमजीवि पत्रकारको न्यनूतम पारिश्रमिकको विषय तर्फ सञ्चार गृहहरुले कार्यान्वयन तर्फ ध्यान नदिएको भन्दै अब सञ्चार गृह केन्द्रित आन्दोलन गर्ने बताउनु भएको हो ।

विष्टले पत्रकारका विषयमा गरिएको बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका विषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयन तर्फ सरकारले तत्कालै कदम चाल्नु पर्नेमा जोड दिनु भयो । देश सङ्घीयतामा प्रवेश भईसकेकोले पत्रकार महासङ्घमा समेत व्यापक परिवर्तन गर्नु पर्ने भएकाले विधान संशोधनको तयारी भएको र यसको मूर्त स्वरूप छिटै देखा पर्ने भन्दै संविधानको सफल कार्यान्वयनमा सञ्चार जग्तको भूमिकालाई व्यापक पार्नु पर्ने बताउनु भयो ।

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले नेपालमा औंलामा गन्न मिल्ने सञ्चार माध्यम बाहेक अन्य मिडियाहरु आर्थिक सङ्कटमा रहेको भन्दै मिडियालाई आर्थिक सबल पार्न नसके समस्या जस्ताको तस्तै रहने उहाँले बताउनु भयो । सञ्चार क्षेत्रमा आउने क्रम जति बढेको छ त्यतिनै पाँच ६ वर्ष काम गरेको पछि आफ्नो भविष्य नदेखेर विलीन हुने क्रम समेत बढेको उहाँले बताउनु भयो । यसरी नेपालको मिडियामा काम गरी जीवन जोह गर्न सक्ने अवस्था हाल सम्म पनि देखा पर्न नसकेको उहाँको भनाई छ ।

दुई प्रकारका सञ्चार गृह रहेको र एक सक्षम भएर पनि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने र अर्को आर्थिक रूपमै असक्षम भएकाले न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको अवस्था देखिएको उहाँले बताउनु भयो । उहाँले केही ठुला सञ्चार गृृहले सञ्चालन गरेको सञ्चार गृह फाइदामा रहेको र फाइदा भएको रकम सञ्चार क्षेत्र र सञ्चारकर्मीको विकासमा भन्दा पनि अन्य व्यवसायमा लागू गर्दा समस्या माथि समस्या थपिँदै गएको बताउनु भयो ।

उहाँले सबै भन्दा कान्छो मिडिया भनेको अनलाइन सञ्चार माध्यम भएता पनि यो बाँदरको हातमा नरिवल बनेको भन्दै समाचारको राम्रो माध्यम भएता पनि यसलाई व्यवस्थित गर्न नसक्दा यसको अपार भविष्य सङ्कटमा पर्न सक्ने अवस्था देखिएको उहाँको भनाई छ । कमिकम्जोरीलाई नियन्त्रण गर्दै यसको प्रर्वद्धनमा लागेको र कानुनी मान्यता दिलाउँदै पत्रकारिताको सामान्य नियम अनुसार नै सञ्चालन गर्नु पर्नेमा काउन्सिलको मान्यता रहेको उहाँले बताउनु भयो ।

नयाँ आचार संहिताको लागूसँगै सञ्चार क्षेत्रलाई कमाई खाने र सञ्चार कर्मीको खोल आडेकालाई कारवाहीकोे दायरामा ल्याउने समेत तयारी रहेको उहाँले बताउनु भयो ।
सञ्चार कर्मीको अभिलेखिकरण र नयाँ आउने सञ्चार कर्मीका लागि परीक्षाको व्यवस्था गर्दै सञ्चार क्षेत्रलाई सबल पार्दै अगाडी बढ्न लागेको समेत उहाँले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया