Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले असोज मसान्तभित्र स्थानीय तहको पुनर्संरचना टुंग्याएर चुनावको तयारीमा जुट्ने घोषणा गर्नुभएको छ ।

बिहीबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुनर्संरचनामा देखिएको विवाद हल गरेर फागुन वा चैतमा चुनाव गराउने बताउनुभएको हो । दलहरुबिच पुनर्संरचना आयोगले प्रस्ताव गरेको पाँच सय ६५ वटा स्थानीय तहको बिरोध भइरहेका बेला प्रधानमन्त्रीले छिट्टै विवाद समाधान हुने बताउनुभएको हो ।

दाहालले संसदमा भन्नुभयो, ‘असोज मसान्तभित्र स्थानीय तहको सीमा र संख्या टुंगो लगाउने तयारी गरिरहेको छु । संविधान कार्यान्वायका लागि चुनावमा जानुको विकल्प छैन । त्यसका लागि सरकार प्रतिबद्ध छ ।’

उहाँले स्थानीय तहको चुनावका लागि आवश्यक पर्ने कानुन बनाउन र निर्वाचन आयोगसँग परामर्श गरिरहेको जानकारी दिनुभयो । संविधान कार्यान्वायका लागि चुनावी लाभ/हानी नहेरी सबै दललाई सहयोग गर्न दाहालले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया